सशस्त्रका डीआइजीको घरमा लुटपाट, संलग्न अझै पत्ता लागेन

झापा । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी सुनसरीका प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीको घरमा दिनदहाडै लुटपाट हुँदा समेत त्यसमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

डीआईजीको अर्जुनधारा–९ स्थित मूल घरबाट १५ लाख रुपैयाँ बरावरको धनमाल चोरी भएको थियो । उक्त घरमा डीआईजीकी आमा र साथमा दाजु रश्मिशखेर सुवेदी बस्ने गरेका थिए । गत पुस १८ गते दिउँसै उनको घरमा चोरी भएको हो ।

दिनदहाडै घरबाट नगद ६ लाख रुपैयाँ सहित चार तोला सुन लगेको डीआईजीका दाजु रश्मिशेखरले जानकारी दिए । डीआईजी सुवेदीका दाजु पत्रकार हुन् । उनी नेपाल पत्रकार महासंघ कोशी प्रदेश पार्षद् हुन् ।

६ लाख रुपैयाँ नगद घरमा राखेको थिएँ–पत्रकार रश्मिशखेरले भने– म घरमा थिइन, साँझ घर फर्कँदा ढोका फोरेर नग सहित आमाका सुनका गहना, अन्य सामान गरी १५ लाख रुपैयाँ बरावरको धनमाल दिन दहाडै लुटेर लगेछ । प्रहरीलाई तत्काल जानकारी गराउँदा समेत चोरीमा संलग्नलाई पक्राउ नपर्नु दुखद हो ।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले घटनाको सूक्ष्म रुपमा अध्ययन भइरहेको बताएका छन् । उनले घटनामा संलग्नको पहिचान गर्न प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
124
सम्बन्धित

लोकप्रिय

लोकप्रिय