काठमाडौं । ‘पुष्पा २’ भारतीय बक्सअफिसमा सर्वकालिन धेरै कमाउने भारतीय फिल्म बनेको छ । पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा अल्लु अर्जुन स्टारर फिल्मले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो ।
शनिबार मात्र यो फिल्मले भारतीय बक्सअफिसमा ६ करोड भारु कमायो । यो समाचार तयार पार्दासम्म आइतबार फिल्मले ‘बाहुबली २’लाई उछिन्न बाँकी २ करोडको आँकडा पार गरेको उक्त पोर्टलले उल्लेख गरेको छ । ‘आइतबारसम्म यसले त्यो कमाइलाई पार गरेको छ’ पिंकभिल्लाले लेखेको छ ।
‘पुष्पा २’ले शनिबारसम्म भारतभर १३४५ करोड भारु कमाएको छ । सन् २०२१ मा पहिलो भाग रिलिज भएदेखि नै भारतको हिन्दी बेल्टमा ठूलो प्रशंसा पाएपछि ‘पुष्पा २’ लाई ‘बाहुबली २’को रेकर्डलाई उछिन्ने बलियो दाबेदार मानिएको थियो । फिल्मले हिन्दीभाषी राज्यमा उत्कृष्ट कमाइ गर्यो ।
‘पुष्पा २’ भारतको बक्स अफिस इतिहासमा सबै समयको सबैभन्दा धेरै कमाउने शीर्षक दावी गर्ने बीसवटा फिल्मको क्लबमा सामेल हुन्छ, जुन तल सूचीबद्ध छन् । ‘मदर इन्डिया’ ९१९५७० भन्दा पहिलेका केही फिल्म पनि हुनसक्छ् जसले धेरै कमाइ गरेको दाबी गरेका थिए । तर, बक्सअफिस डेटाको कारण त्यसलाई प्रमाणित गर्न कठिन हुन्छ । यो सूची ‘किस्मत’ ९१९४३० बाट सुरु हुन्छ, जसलाई भारतमा करोड भारु कमाउने पहिलो फिल्म मानिन्छ । त्यसबेला पाकिस्तान, बंगलादेश र म्यानमारलगायत बजारले यसले १ करोड कमाएको थियो ।