लिक भाँचिएपछि बन्दीपुर केबलकार बन्द

दमौली । तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।

शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।

डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

केबलकारको मर्मतको काम भइरहेको छ । बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताएका छन् ।

केबलकार सेवा बन्द भए पनि स्काइ साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
171
सम्बन्धित

लोकप्रिय

लोकप्रिय