काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ।
शुक्रबार साँझा नियमित काम सकेर कोठा पुगेपछि गम्भीर बिरामी भएका पुडासैनीलाई हेल्पिङ हन्ड्स अस्पतालले मृत घोषित गरेको हो।
पुडासैनीका नजिकका साथी नवराज कुँवरका अनुसार केही दिनयता उनी बिरामी थिए। अस्पतालमा नियमित चेकजाँच गर्दै कार्यालय जाने आउने गरेका पुडासैनी शुक्रबार राति भने कोठा पुग्नासाथ ढलेका थिए। छिमेकीले खबर गरेर अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेको कुँवरको भनाइ छ। शुक्रबार साँझ पुडासैनी एक सहकर्मीकोमा खाना खाएर राति १० बजेतिर कोठामा पुग्नसाथ ढलेको कुँवरले बताए।
पुडासैनी पछिल्लो समय नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत थिए। उनले यसअघि माउन्टेन टेलिभिजन, आज तक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो अन्नपूर्णमा काम गरेका थिए। पुडासैनीले केही जोखिमपूर्ण रिपोर्टङसमेत गरेका थिए।