झापा। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै हिजो सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक हजार सात सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।