शिवसताक्षीमा अपाङ्गता भएका १४२६ जनाले लिए सेवा, ४६० नयाँ कार्ड वितरण

शिवसताक्षी । झापाको शिवसताक्षीमा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान र परिचय पत्र वितरणको काम मंगलबार सम्पन्न भएको छ । गएको पौष ७ गतेबाट सुरु भएको परिचय पत्र वितरण शिविर नगर भरीबाट १४२६ जना अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य परिक्षण गराएका छन् ।

नगरभरीबाट ४६० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई नयाँ कार्ड वितरण गरिएको छ । जसमा १७ जनालाई रातो र १४५ जनालाई निलो, १७५ जनालाई पहेंलो र १२३ जनाई सेतो कार्ड वितरण गरिएको शिवसताक्षी नगरपालिकाका सहकारी शाखा प्रमुख तथा परिचय पत्र वितरणका संयोजक बद्री दाहालले जानकारी दिए ।

परिचय पत्र वितरण कार्यक्रमको समापनमा शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले नगर भित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई केही न केही सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए । कतिपय अपाङ्गता भएका व्यक्तिहरु नगरसम्म आउन नसकेका कारण पनि कार्ड लिन पाउनु भएको थिए ।

उहाँलाई शिविरले धेरै राहत प्रदान गरेको छ। शिविरबाट जतिजनाले कार्ड प्राप्त गर्नु भएको उहाँहरुले सरकारबाट पाउने कार्ड अनुसारको सुविधा पाउनु हुने समेत नगरप्रमुख थोप्राले जानकारी गराए । नगरप्रमुख थोप्राले ११ दिनसम्म शिविरमा खट्नु हुने कर्मचारी, स्वाथ्यकर्मी, शिविरको सहजीकरण गर्नुुहुने डाक्टरहरुलाई धन्यवाद ज्ञपान गरेका थिए ।

त्यस्तै नगरकी उपप्रमुख नरमाया कार्कीले नयाँ कार्ड प्राप्त अपाङ्गता भएको व्यक्तीहरुलाई अब आवश्यक अनुसार सामाग्रीहरु प्रदान गरिने जानकारी दिइन् । उनले उहाँलाई आवश्यक पर्ने हुइलचियर, छडी, कानसुन्नका लागि आश्वयक प्रविधियुक्त मेसिन प्रदान गरिने बताइन् ।

परिचय पत्र वितरणमा शिविरमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सहयोग सचिव दुर्गा बरालको टोलीले अनुगमन गरेको थियो । जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि गएको आषाढ १२ गते कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, शिवसताक्षी नगरपालिकामा र करुणा फाउण्डेसन बीच त्रिपक्षीय सम्झौता भएको थियो ।

शिविरमा आँखा, कान, मनोविद, फिजियो थेरापी, मेडिकल पर्सन लगायतका ६ जना डाक्टरहरुको टोलीले सेवा दिएको करुणा फाउण्डेसनका सुरेन्द्र गिरीले जानकारी दिए । शिविरमा शिवसताक्षी नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मीहरु समेत खटिएका थिए ।

कोशी प्रदेश सरकार शिवसताक्षी नगरपालिका र करुणा फाउन्डेसनको संयुक्त लगानीमा तीन वर्षसम्म कार्यक्रम सञ्चालन भएको हो। त्रिपक्षीय सम्झौता अनुसार अपाङ्गगता भएका व्यक्तिहरुको पहिचान र न्युनिकरण सम्बन्धी कार्यक्रमहरु ०८४ असार मसान्तसम्म चल्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

शिविर समापन कार्यक्रममा शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्वाङफे, लेखा अधिकृत प्रकाश योङहाङ्ग, वडाध्यक्ष हर्क सिगु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
143
सम्बन्धित

लोकप्रिय

लोकप्रिय