साझामञ्च डटकमको १२औं स्थापना दिवस, ३ पत्रकार सम्मानित

बिर्तामोड । साझामञ्च मिडिया प्रालिद्वारा संचालित अनलाइन न्युज पोर्टल साझामञ्च डटकमले १२औं स्थापना दिवस मनाएको छ ।

बुधबार बिर्तामोडस्थित एनएमसीको सभा हलमा एक कार्यक्रम आयोजना गरी साझामञ्चले स्थापना दिवस मनाएको हो ।

बिर्तामोडमा कार्यालय स्थापना गरी अनलाइन न्युज पोर्टलको माध्यमबाट समाचार सम्प्रेषण गरिरहेको साझामञ्चले सोही कार्यक्रमका बीच आठौँ र नवौं बार्षिक साधारण सभा तथा साझामञ्च दशक सेवा सम्मान कार्यक्रमसमेत सम्पन्न गरेको छ ।

साझामञ्च डटकममा लामो समयदेखि सहकार्य गरेका पत्रकारहरु सरोजकुमार भट्टराई, उमानाथ भण्डारी र द्रोण अधिकारीलाई साझामञ्च दशक सेवा सम्मान प्रदान गरिएको थियो । उनीहरूलाई जनही नगद ११ तथा सम्मान पत्रद्वारा सम्मानित गरिएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पार्षद, पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो । सोही अवसरमा प्रेस सेन्टर नेपाल झापाको १०औं जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका पुष्प खड्कालाई समेत सम्मान गरिएको थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी, सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्की, विशिष्ट अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईलगायतले सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नगर प्रमुख प्रसाईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रालिका उपाध्यक्ष खड्ग दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई निर्देशक सुबास भट्टराईले स्वागत गरेका थिए । प्रालिका सदस्य तथा साझामञ्च डटकमका प्रधान सम्पादक गोपाल काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
124
सम्बन्धित

लोकप्रिय

लोकप्रिय