काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकबहादुर तामाङ भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले एआइजी तामाङलाई कार्यालयको प्रमुखको रूपमा सरूवा गरेको गृह मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
यसअघि तामाङ अपराध अनुसन्धान विभाग (सिआइडी)का प्रमुख थिए।
कार्यालयमा प्रमुख रहेकी एआइजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्।
उनी अवकाशमा गएसँगै उनको ठाउँमा तामाङलाई जिम्मेवारी दिइएको हो ।