बसको ठक्करबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको मृत्यु

सर्लाही । बसको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

मंगलबार राति करिब सावा ९ बजेको समयमा सर्लाहीको बलरा नगरपालिका ९ बिओपी छतौनाको कार्यालय अगाडी बा प्र ०१-००६ ख २००४ नम्बरको बसको ठक्करबाट बिओपी छतौनामा कार्यरत ४२ वर्षीय प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपककुमार श्रेष्ठका अनुसार बसको ठक्करबाट घाइते भएका तुलाधरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पठाईएकोमा राति १० बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सशस्त्र प्रहरी निरीक्षक तुलाधरलाई ठक्कर दिने बस, बसको चालक, सहचालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
172
सम्बन्धित

लोकप्रिय

लोकप्रिय