परिक्षा विग्रिएको तनावमा ३ किशोरीले पिए विष, एक जनाको मृत्यु

महोत्तरी । परिक्षा विग्रिएको तनावमा एकै पटक विष सेवन गरेका महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरी मध्ये एक जनाको मृत्यु भएको छ।

विष सेवन गरेका मध्ये सिरहाको धनगढीमाई नगरपालिका–१० की १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बर्दिबास अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो।

रिंकुसहित उषा पण्डित र सन्जु यादवलाई मंगलबार करिव पौने १२ बजे बर्दिबास नगरपालिका–४ स्थित जंगल क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। तीन जना मध्ये उषा र सन्जुको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

दुवै छात्राको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ। प्रहरीका अनुसार विष सेवन गरेका तीनै जना छात्रा जियोमेट्री (अमिन) विषयका प्रथम वर्षका छात्रा हुन।

शिक्षालयले केही दिनअघि लिएको सामान्य परीक्षामा नम्बर कम आएको भन्दै तीनै जनाले विष पिएको हुन सक्ने शिक्षालयमा कार्यरत एक कर्मचारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
1
378
सम्बन्धित

लोकप्रिय

लोकप्रिय