बढ्यो पेट्रोलियम पदार्थको मूल्य

झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ भने हवाई इन्धनको मूल्य घटाएको छ ।

इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको मंगलबार निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
330
सम्बन्धित

लोकप्रिय

लोकप्रिय