इटहरीमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा डिस्पोज

विराटनगर । इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

आज (मंगलबार) बिहान उपमहानगरपालिकाको कार्यालय अगाडि फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो ।

अज्ञात समूहले उपमहानगरको कार्यालय अगाडिको घुम्ती पसल स्थित कालो झोलामा प्लाष्टिकको झोलामा शंकास्पद वस्तु राखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई गरिएको खबरमा उपमहानगरसँगै भोटेपुल र बुढी खोला पुल मुनि पनि बम राखेको दाबी गरिएको थियो ।

भोटेपुलमा शंकास्पद बस्तु फेला परेन । बुढीखोला पुल मुनि एउटा बोरा फेला परेको थियो । शंकास्पद देखिएको बोरा पनि डिस्पोज गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।

आफूलाई राजावादी बताउने समूहले तीन स्थानमा बम राखेको भन्दै प्रहरीलाई खबर गरेको थियो । प्रहरीले एक स्थानमा मात्रै कुकरलाई तारले बेरेको अवस्थामा फेला पारेको थियो ।

शंकास्पद बस्तु राख्ने र प्रहरीलाई खबर गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
128
सम्बन्धित

लोकप्रिय

लोकप्रिय