बिर्तामोडमा हर्षोल्लासका साथ मनाइयो तमु ल्होसार

बिर्तामोड । गुरुङ समुदायको महान पर्व तमु ल्होसार झापामा हर्षोल्लासका साथ मनाइएको छ ।

जिल्लाका विभिन्न स्थानमा गुरुङ समुदायले विविध कार्यक्रमको आयोजना गरी हर्षोल्लासका साथ तमु ल्होसार मनाएका हुन् ।

यसैबीच, बिर्तामोड नगरपालिका वडा नं–१० सैनिकस्थित बौद्ध धर्म चक्र गुम्बामा तमु ल्होसार मनाइएको हो ।

तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद बिर्तामोड नगर समितिको आयोजनामा ल्होसारको शुभकामना आदानप्रदान सहित विविधि कार्यक्रमको आयोजना गरी तमु ल्होसार मनाइएको छ ।

सांस्कृतिक कार्यक्रमसहित डोरी तान्ने, छेलो, म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रम गरेर ल्होसार मनाइएको नगर अध्यक्ष कुमार गुरुङले बताउनुभयो ।

आफ्नो भेषभुषा, भाषा, संस्कृति लगायतको सम्बद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष भव्यताका साथ तमु ल्होसार पर्व मनाइँदै आएको अध्यक्ष गुरुङले बताउनुभयो ।

प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नरेन्द्र संग्रौलाले पानसमा दीप प्रज्वल गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले नेपालमा विविध जातजातिको बसोबास रहेकाले सबै धर्म संस्कारको सम्बद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होसार पर्वको विशेषता र महत्व धेरै रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा डोरी तान्ने प्रतियोगितामा पदम गुरुङ, यम बहादुर गुरुङ, गर्जमान गुरुङ,भिम गुरुङ, भरत गुरुङ, रविन्द्र गुरुङ, तुल बहादुर गुरुङ, जित बहादुर गुरुङ, राम गुरुङ, लक्ष्मान गुरुङ नेतृत्वको समूह ए प्रथम, छोलो हान्नेमा सन्तोष गुरुङ र म्युजिक चियर प्रतियोगितामा उजिता घले गुरुङ प्रथम भईन भने दोस्रो एलिना गुरुङ भईन। उनीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा रितिका गुरुङलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा लामा लोपेन ‘साङ्गे’ लेग्देन भुपेन गुरुङ गुरु ज्यूले तमु ल्होसारको महत्व बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका सचिवालय सदस्य, मेची आँखा अस्पतालका अध्यक्ष सामाजिक व्यक्तित्व जल कुमार गुरुङ, बिर्तामोड नगरपालिका वडा– १० का वडाध्यक्ष दुर्योधन गुरुङ, वडा नं – ६ का वडाध्यक्ष सूर्य कन्दङ्वा , वडा नं – ३ का वडाध्यक्ष मदन बुढाथोकी , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सदस्य आनन्द गुरुङ , विर्तामोड नगरपालिका वडा नं – ५ का वडाध्यक्ष रोहित प्रसाई लगाएत विर्तामोड नगरमा बसोबास गर्ने तमु समाजको बाक्लो उपस्थिति रहेको थियो ।

तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद विर्तामोड नगर कार्यसमितिका उपाध्यक्ष शेर बहादुर गुरुङले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव लिला बहादुर गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
206
सम्बन्धित

लोकप्रिय

लोकप्रिय