पाँचथर । एक साता अघि झापा कपको बिजेता चर्च ब्वाइज युनाइटेड क्लव काठमाडौँले फिदिममा सञ्चालित एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । सोमबार भएको उपाधि खेलमा अर्को ए डिभिजन क्लब मच्छिन्द्र क्लब लाई टाइब्रेकरमा ५–४ गोलले हराउदै चर्च ब्वाइजजे उपाधि जितेको हो ।
फिदिम माबिको खेलमैदानमा भएको फाइनल खेलमा निर्धारीत ९० मिनेटको खेल २/२ को बराबरी भए पछि खेलको निर्णय टाइबेक्ररबाट गरिएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजको लागी एकराज बुडाथोकी,रोहण कार्की,अवियामी,छिरीङ लामा र सुजन ढङगोलले गोल गरेका थिए ।
मच्छिन्द्रको लागी देबेन्द्र तामाङ, सनिश श्रेष्ठ, सौरभ सुब्बा र समीरराज थोकरले गोल गर्दा दयानन्दको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले रोकेका थिए ।
फाइनल खेलमा मच्छिन्द्रले सुरुवाती अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलको ४५ औं मिनेटमा मच्छिन्द्रले आत्माघाती गोल उपहार पाएको थियो । बल क्लियर गर्ने क्रममा चर्च ब्वाइजका अर्मान्डले आत्मघाती गोल गरेका थिए । ७८ औं मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले फ्रिकिकबाट आएको प्रहारलाई हेडर गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । खेलको ८८ औं मिनेटमा मच्छिन्द्रका सनिष श्रेष्ठले गोल गर्दै २–१ गोलका अग्रता बनाएका थिए । तर, दोश्रो हाफको इन्जुरी समयको अन्तिम १ मिनेट मच्छिन्द्र सम्हालिन नसक्दा खेल टाइबे्रकरमा गयो । दोश्रो हाफका इन्जरी समयमा चर्च ब्वाइजका समिर तामाङ गोल गर्दै खेल २–२ को बराबरी गरेका थिए । खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजले बाजी मार्यो ।
जितसँगै चर्च ब्वाइजले रु १० लाख हात पारेको छ भने उपविजेता बनेको मच्छिन्द्रले रु ५ लाख प्राप्त गरेको छ । फाइनल खेलको प्लेयर अफ दि म्याच मच्छिन्द्रका शनिष श्रेष्ठ टोलीका । उनले नगद रु १० हजार हात पारे ।
फिदिम र्स्पोटिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा चर्च ब्वाइजका क्रिशल मोक्ताङ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्र क्लबका देबेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरर्वाड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । उनीहरूले जनही रु १० हजार प्राप्त गरे । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका समिर तामाङ घोषित भए एक थान इभि स्कुटर प्राप्त गरे भने उदीयमान खेलाडीका रूपमा आयोजक फिदिम र्स्पोटिङ क्लबका मनिष क्षेत्री घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा ५ गोल गरेका चर्च ब्वाइजका समिर तामाङ सर्वाधिक गोलकर्ता बन्दै नगद १५ हजार प्राप्त गरे ।
गत पुुस ६ गते सञ्चालन भएको उक्त प्रतियोगिता एक विदेशीसहित दश वटा टिमको सहभागिता थियो । फाल्गुनन्द गोल्डकपको एघारौ संस्करण ६ वर्ष पछि आयोजना भएको थियो ।