टुँडिखेलमा मनाइयो तमू ल्होछार

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै‘तमु ल्होसार’मनाएका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा पराम्परागत भेषभुषासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो । 

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
204
सम्बन्धित

लोकप्रिय

लोकप्रिय