झापामा प्रचण्डको भोजन : केराको पातमा खाए पेल्का र माछा भात

झापा । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजवंशीको घरमा केराको पातमा पेल्का र माछा भात खाएका छन् ।

झापाको गौरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका हुन् ।

केराको पातमा उनले उसिना चामलको भात, लाफाको पेल्का (लाफा सागको दाल), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका हुन् ।

कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसंगै हरिबोल गजुरेल, इन्द्र आङबो, सावित्रीकुमार काफ्ले, जीवन आचार्य, धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिव ७५ जनाले खाना खाएको एक स्थानीय कार्यकर्ताले बताए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।

खाना पकाउन र खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी (राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला स्वयंसेवक) खटिएको ती कार्यकर्ताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
189
सम्बन्धित

लोकप्रिय

लोकप्रिय