झापा । इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एक महिलाले आत्महत्या गरेकी छन् ।
आइतबार बिहान ११ बजे इलाम माई नगरपालिका-२ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले ब्लेडले आफ्नै घाँटी रेटेर हत्या गरेकी हुन् ।
उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दागर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जन्डिसको बिरामी भएको भन्ने बुझिएको छ ।
दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाम प्रहरीले जनाएको छ।