बैतडीमा चट्याङ लागेर चार जना घाइते

बैतडी। बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।

शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन् ।

शनिबार स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका हुन् ।

घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
202
सम्बन्धित

लोकप्रिय

लोकप्रिय