झापा बुद्धशान्तिका पुर्व वडाध्यक्षले गरे आत्महत्या

झापा । झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष बासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् ।

आज बिहान करिव ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन् ।

उनले आत्महत्या गर्नुपर्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।उनी २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसअघि २०४८ सालमा पनि उनी साविक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
1
71
सम्बन्धित

लोकप्रिय

लोकप्रिय