झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापा गौरादहका २८ जना कार्यकर्ताले पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
जिल्ला, क्षेत्र, नगर, वडा र टोल समितिमा रहेका कार्यकर्ताहरुले सामूहिक रुपमा जिम्मेवारी परित्याग गरेका हुन् । पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदै एक अर्काप्रति दोषारोपण मात्र गर्ने गरेको भन्दै उनीहरुले आफूहरु पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् । संगठनलाई चुस्त दुरुस्त बनाउन बारम्बार सल्लाह सुझाव दिँदा पनि नेतृत्व पक्षले पहलकदमी नगरेको उनीहरुको आरोप छ ।
जिम्मेवारी परित्याग गर्नेहरुमा श्री तामाङ जिल्ला समिति सदस्य,युवराज चुँडाल जिल्ला सदस्य,खेमराज तिम्सिना क्षेत्र नं. ५ क्षेत्रीय उपाध्यक्ष, देवेन्द्र खड्का क्षेत्र नं. ५ क्षेत्रीय सचिव,मित्रबहादुर वस्नेत,प्रदेश समिति सदस्य, क्षेत्र नं.५ क, भुपेन्द्र रोक्का, गौरादह नगर सचिव, नरेश तुम्वाम्फो, गौरादह नगर उपाध्यक्ष, पूर्णवहादुर श्रेष्ठ नगर सदस्य, बेङ्गुलाल ताजपुरिया, नगर सदस्य, समीर बस्नेत गौरादह न. पा. १ नं. वडा अध्यक्ष, शिवशंकर दाहाल, २ नं. वडा सचिव,हरिकुमार सुब्बा, ३ नं. वडा समिति उपाध्यक्ष, ज्ञानबहादुर कटुवाल, ४ नं. पूर्व वडाध्यक्ष, नगर सदस्य, भोला नेपाल २ नं. पूर्व वडा अध्यक्ष, टेकलाल राजवंशी ६ नं. वडा अध्यक्ष, टेकप्रसाद अधिकारी ७ नं. वडा अध्यक्ष रहेका छन् ।
त्यस्तै कृष्ण बस्नेत ९ नं. वडा सचिव,लक्ष्मी भण्डारी ६ नं. वडा सदस्य,खेमप्रसाद पाण्डे ७ नं. वडा समिति उपाध्यक्ष, गणेशबहादुर दाहाल ७ नं. टोल समिति अध्यक्ष, भिमबहादुर श्रेष्ठ ६ नं. वडा सदस्य, चन्द्रजंग कार्की ३ नं. नगर सदस्य (पूर्व वडाध्यक्ष उम्मेदवार), कुमार कटुवाल ७ नं. वडा समिति सचिव, बद्री संग्रौला ७ नं. टोल समिति सचिव, जुना रोक्का ७ नं. वडा उपाध्यक्ष, नेत्रबहादुर दाहाल ७ नं. वडा सचिव, कुमार कटुवाल वडा नं. ७ सदस्य र ज्ञानेन्द्र शिवा ७ नं. वडा सदस्यले पनि आ–आफ्ना जिम्मेवारी परित्याग गरेका छन् ।
यो घोषणाले जिल्ला र क्षेत्रीय समितिमा असर पुगेको छ भने गौरादहको नगर, वडा र टोल समितिहरु लगभग रित्तिएका छन् । कोशी प्रदेश सरकारका सभामुख तथा पार्टीका पूर्व जिल्ला अध्यक्ष अम्बरबहादुर विष्टको बसोबास भएको नगरपालिका गौरादह हो । त्यस क्षेत्रमा राप्रपा चौथो शक्तिको रुपमा रहँदै आएको छ । गत २०७९ सालको स्थानीय निर्वाचनमा गौरादहको मेयरका उम्मेदवार गोपालप्रसाद पौड्यालले १५९० र उपमेयरका उम्मेद्वार भरिपूर्ण राईले १६२४ मत ल्याएका थिए ।