बिर्तामोड । झापाको अर्जुनधारामा माछा पोखरीमा डुबेर एकजना महिलाको मृत्यु भएको छ ।
दुई दिनअघि कसैलाई नसोधी घरबाट निस्किएकी अर्जुनधारा-११ लक्ष्मीधापकी ५१ की विमला दर्जीदाई आज मृत भेटएको प्रहरीले जनाएको छ ।
स्थानीय भुपाल गिरीको माछा पोखरीमा दर्जीलाई डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।