हल्दिबारीमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर

हल्दिबारी । हल्दिबारीमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर आजबाट शुरु भएको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देनले शिविरको एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।

पशु तथा मत्स्य बिकास शाखाको आयोजनामा हुने शिविरमा १५० भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गरिने छ । शिविर सम्पन्न गर्न पालिकाले ४ लाख रकम बिनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले जानकारी दिनुभयो ।

हाम्रो भेटनरी सेवा सहकारी संस्थाको प्राविधिक सहयोग रहेको शिविरमा हल्दिवारीका ५ वटै वडाका सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिने छ ।

शिविर पौष ८ र ९ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
167
सम्बन्धित

लोकप्रिय

लोकप्रिय