अध्यादेश ल्याएर भएपनि अनलाइन मिडियामाथि अङ्कुश लगाउने सञ्चारमन्त्रीको चेतावनी

कास्की । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याएर भएपनि अनलाइन मिडियामाथि अङ्कुश लगाउने चेतावनी दिएका छन् ।

आज (आइतबार) नेपाल पत्रकार महासङ्घ कास्कीका नवनिर्वाचित पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले धेरै अनलाइन मिडियाहरु अराजक बन्दै गएको बताए । मन्त्री गुरुङले यस्ता प्रकारका मिडियाहरुलाई नियमनभन्दा पनि नियन्त्रण नै गरेर जानुपर्ने बताए ।

ऐन, कानुन नमान्ने र पत्रकारिताका मान्यताहरुको खिल्ली उडाउने अनलाइन मिडियाहरुलाई अध्यादेश ल्याएर भएपनि नियन्त्रण गरिने उनको चेतावनी छ ।

अनलाइन मिडियाहरुको प्रभावकारी नियमनका लागि विधेयक बनेको र उक्त विधेयक आगामी हिउँदे अधिवेशनबाट पारित गर्ने तयारी रहेको बताउँदै उनले भने, ‘संसद तत्काल बोलाउने अवस्था नभएमा अध्यादेशबाट समेत यो विधेयक ल्याउनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
45
सम्बन्धित

लोकप्रिय

लोकप्रिय