रास्वपा झापा जिल्ला समितिले पायो पूर्णता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीको झापा जिल्ला समितिले पूर्णता पाएको छ । आज बिर्तामोडमा आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिलाई पूर्णता दिएको हो ।

भेलाबाट सभापतिमा उमेश खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत रहेका छन् भने सचिवमा शम्भु सुस्केरा ढकाल , सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सदस्यहरुमा सीता विक , लीला खड्का र कमला पोखरेल तथा पुरुष सदस्यहरुमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन् ।

सभापतिले एक महिला र एक पुरुष मनोनयन गर्न पाउने प्रावधान रहेको छ । गठन हुने ११ जना कार्यसमितिमा निर्वाचन क्षेत्र समितिबाट १–१ जना गरी पाँचजना र पालिका सभापति १५ जना गरी जम्मा ३१ जनाको जिल्ला समिति निर्माण हुने उपसभापति पाठकले जानकारी दिए ।

जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार , सचेतक निशा डाँगी , सहप्रवक्ता रमेश प्रसाई , केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

२०७९ असार ३० गते भएको प्रथम भेलाले सभापति खरेल र उपसभापति पाठक रहेको दुई सदस्यीय जिल्ला समिति गठन गरेको थियो । सोही समितिले पूर्णता पाएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
93
सम्बन्धित

लोकप्रिय

लोकप्रिय