भद्रपुर । भद्रपुर नगरपालिकाले पुस ७ गते आइतबार स्थानीय बिदा दिएका छन् । पुस ७ गते चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा नगरपालिकाले स्थानीय बिदा दिएको सूचनामा उल्लेख छ।
नगरपालिकाको सातौँ नगर सभाबाट प्रत्येक वर्ष पुस ७ गतेका दिन बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस मनाउन स्थानीय बिदा दिने निर्णय गरेको र सोही निर्णय अनुसार बिदा दिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।
सो दिन अत्यावश्यक सेवा वारुणयन्त्र र सरसफाइ बाहेक नगर कार्यपालिकाको कार्यालय, वडा समितिको कार्यालयहरू तथा यस नगरपालिका अन्तर्गतका निकाय र विद्यालयहरूमा स्थानीय सार्वजनिक बिदा दिइएको छ ।
साथै बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवसको अवसरमा नगरका विद्यालयहरूले सञ्चालन गर्ने गरी तय गरिएका कार्यक्रमहरू यथावत् रुपमा सञ्चालन गर्न गराउन समेत सूचनामा भनिएको छ ।