रेडक्रस खुदुनाबारीको सभापतिमा मुकुन्द र जीवकुमार भिड्दै, भोली मतदान

अर्जुनधारा । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको नयाँ नेतृत्व छनोटका लागि पौष ६ गते शनिबार मतदान हुँदै छ ।

खुदुनाबारी उपशाखाको सभापतिका लागि २ जनाको उम्मेद्वारी परेको छ । हालका अध्यक्ष मुकुन्द भण्डारी पुनः दोहोरिन लाग्नुभएकाे छ भने अर्जुनधारा-३ नम्बर वडाका पूर्व वडाअध्यक्ष जीवकुमार भण्डारी(जिवन) ले सभापति पदमा उम्मेद्वारी दिनुभएको निर्वाचन अधिकृत ओमप्रकाश गौतमले जानकारी दिनुभयो ।

उपशाखाको सभापतिसहित सचिव र कोषाध्यक्षका लागि शनिबार (भोली) मतदान हुने छ ।

खुदुनाबारी उपशाखाको सचिवमा पनि २ जनाको उम्मेद्वारी परेको छ । मुकुन्द भण्डारी नेतृत्वको प्यानलबाट पदमबहादुर निरौलाको उम्मेद्वारी परेको छ भने जीवन भण्डारी नेतृत्वको प्यानलबाट हेमु कटुवाल चुनावी मैदानमा होमीएका छन् ।

त्यस्तै उपशाखाको कोषाध्यक्षमा पनि २ जनाको उम्मेद्वारी परेको छ । मुकुन्द भण्डारी नेतृत्वको प्यानलबाट प्रसादकुमार गुरगाँईको उम्मेद्वारी छ भने जीवन भण्डारी नेतृत्वको प्यानलबाट विन्दा पाण्डे आचार्य (निशा)को उम्मेद्वारी परेको छ ।

उपशाखाको उपसभापतिमा बन्दना श्रेष्ठ, उपसचिवमा निर्मला दंगाल र उपकोषाध्यक्षमा राम खड्का यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै महीला सदस्यमा कुन्तादेवी पोख्रेल निर्विरोध निर्वाचित हुँदा सदस्यहरुमा सागर घिमिरे, सन्दीप बराल, खेमबहादुर समाल र भिमशंकर सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखामा ३ सय १५ जना मतदाता रहेका छन् । अर्जुनधारा–२ स्थित झेलेनीमा रहेको उपशाखाको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
296
तिलक योञ्जन
तिलक योञ्जनhttps://khabarkheti.com/
उनी खबरखेती डटकमका सम्पादक हुन् ।
सम्बन्धित

लोकप्रिय

लोकप्रिय