बिर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ६ र ७ जोड्ने डी आकृतिको नेपालकै तेस्रो र कोशी प्रदेशकै पहिलो ४७६ मिटर लामो झोलुङ्गे पुलको निर्माण समपन्न भएको छ ।
गत असारमा शिल्यानास गरी सुरु गरिएको पुलको अव केही दिनमै उद्घाटन गरिनेछ ।
बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै बनेको पुल सञ्चालनमा आएपछि बुद्धशान्ति ७ र ६ सहित रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडाका किसानले उत्पादन गरेको कृषि उपजलाई बजारसम्म ल्याउन सहज हुनेछ । यो तरकारी पकेट क्षेत्र पनि हो ।
पुल नहुँदा किसानले उत्पादन गरेको तरकारी तथा कृषि उपज बजारसम्म पुर्याउन असहज भइरहेको अवस्थामा अव भने केही राहत मिल्ने भएको छ ।
निर्माण भएको पुलको लागत ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ ।