अरुका आशुलाई चाँहि ढल बनाउछ मान्छे
मौका पाँए रगतलाई नि जल बनाउन मान्छे
जोवन पनि तरकारी सरि बिक्रिबट्टा हुँदो रहेछ यहाँ
त्यही जोवन बेची बेची महल बनाउछ मान्छे
निलामीमा छन् खुलेआम छोरी चेलीहरु यहाँ
फेरी कुन इज्जत ढाक्न सल बनाउछ मान्छे
मायाप्रेम अनि आफ्नो पन त दौलतमा जोखिदो रैछ यहाँ
त्यही दौलत बबार्द पार्न फेरी मदिरा पसल बनाउछ मान्छे
खै को कस्को आफ्नु हुन्छ र यो ब्यापारिक बजारमा
थाहा छैन अब कसरी आफुलाई असल बनाउछ मान्छे ।।