झापा । प्रधान सेनापति अशोक राज सिग्देल भ्रमण सम्पन्न गरी मंसिर ३० गते स्वदेश फर्कीनु भएको छ ।
भारत भ्रमणको क्रममा सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुभएको थियो।
प्रधान सेनापति सिग्देलले भारतका रक्षा मन्त्री श्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसंग शिष्टाचार भेट गर्नु भएको थियो ।
प्रधान सेनापति सिग्देल भारतका स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा मंसिर २५ गते दिल्लीतर्फ प्रस्थान गर्नु भएको थियो ।