डिफेन्डिङ च्याम्पियन एनआरटीले उचाल्यो इलाम गोल्डकपको उपाधी

इलाम । इलाममा जारी दोस्रो इलाम गोल्डकपको उपाधी डिफेन्डिङ च्याम्पियन एनआरटीले लिग विजेता चर्च ब्वाइजलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधिमाथी कब्जा गरेको छ ।

आज भएको फाइनल खेलमा लिग विजेता चर्च ब्वाइजलाई सुरुवाती दवाबमा राखेको एनआरटीले पहिलो हाफको पच्चीसौ मिनेटमा अग्रता लियो । जय गुरुङको उत्कृष्ट कर्नरलाई एनआरटीका विदेशी खेलाडी नेमारले गोल गरे । थुप्रै अवसर पाएको चर्च ब्वाइजले कुनै पनि मुभ बनाउन सकेन ।

दोस्रो हाफमा पनि दवाबमा राखेको डिफेन्डिङ च्याम्पियन एनआरटीले पनि थुप्रै अवसरहरु गुमायो । खेलको चवन्नौ मिनेटमा डि बक्स एरियामा एनआरटीका कप्तान अञ्जन विष्टलाई लडाएपछी पेनाल्टी पाएको एनआरटीलाई खेलमा दोब्बरको अग्रता बनाउने अर्को अवसरलाई कप्तान विष्टले सहजै जाली चुमाए ।

त्यस्तै चौसट्ठीऔ मिनेटमा जय गुरुङको क्रस पासलाई कप्तान अञ्जन विष्टले हेडिङ मार्फत गोल गर्दै दोस्रो संस्करणको इलाम गोल्डकपको उपाधी माथी कब्जा गर्यो । पाएको थुप्रै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा लिग विजेता चर्च ब्वाइजले उपविजेतामा चित्त बुझायो । आजको खेलको म्यान अफ द म्याच एनआरटीका शिशिर लेखी घोषित भए उनले नगद रु ८ हजार १ सय प्राप्त गरे ।

विजेता बनेको एनआरटीले नगद रु १० लाख, ट्रफी, मेडल र प्रमाणपत्र पायो भने उपविजेता बनेको चर्च ब्वाइजले नगद रु ५ लाखमा चित्त बुझायो । उत्कृष्ट डिफेन्स एनआरटीका आशिष गुरुङ, उत्कृष्ट गोलरक्षक एनआरटीका विशाल सुनार, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की, उदयीमान खेलाडी रेडहर्ष फुटबल क्लबका अर्जुन गुरुङ, उत्कृष्ट प्रशिक्षकमा एनआरटीका जीवन सिन्कमान र उत्कृष्ट खेलाडी एनआरटीका अञ्जन विष्ट घोषित भए उनिहरुले नगद रु ११ हजार ५ सय र ट्रफी प्राप्त गरे भने सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट घोषित हुन पुगे उनले नगद रु ३५ हजार र ट्रफी प्राप्त गरे ।

गत मंसिर २२ गते बाट रेडहर्ष फुटबल क्लबको आयोजनामा एनआरएनए दोस्रो इलाम गोल्डकप फुटबल सुरु भएको थियो । रेडहर्ष फुटबल क्लबले यो बर्षबाट प्रदान गर्ने खेल पत्रकारिता पुरस्कार इलामका पत्रकार गणेश घिमिरेले प्राप्त गरे । उनलाई नगद सहित सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
111
सम्बन्धित

लोकप्रिय

लोकप्रिय