सिस्ने कृषि सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन्न

अर्जुनधारा । सिस्ने कृषि सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका १ मा कार्यलय रहेर संचालनमा रहेको सहकारीले शुक्रबार १३ औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष बुद्धिसागर ढुङ्गेलको अध्यक्षतामा भएको सभामा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्य रहेको थियो ।

सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ढुङ्गेलले संस्थाले शेयर, बचत र ऋण लगानी वृद्धि गरेको, मल बिउ बिजन बिक्रि वितरण विगत वर्षबाट सुरु गरेर कृषकहरुलाई सहजता प्रदान गरिरहेको, संस्थाको जग्गाको प्रभावकारी सन्चालन तथा प्रयोगको सम्बन्धमा पूर्वधार निर्माणमा पहल गरेको, सुपारी संकलन तथा प्रशोधनको कार्य सुरु भई व्यवसायिक कारोबार समेत सुरु गरेको उल्लेख गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सहकारी बैंकबाट ऋण लिएर बचत ऋणको कारोबार मार्फत मुनाफामा बृद्धि गर्ने गरि लगानी गरिएको, स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार मार्फत कृषि क्षेत्रमा लगानी भित्रियाएर संस्थाको दिर्घकालीन योजनालाई सफल बनाउन विभिन्न पहलहरु भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । सहकारीले चालु आ.व.बाट सदस्य कल्याण कोषको अवधारण समेत अघि वढाएको प्रतिवेदनमा उल्लेख छ ।

आ.व.२०७९/८० मा ७१ लाख २२ हजार ८ सय रहेको संस्थाको शेयर पुँजी गत आव २०८०/८१ मा ७४ लाख ३९ हजार ५ सय रहेको सभामा पेश भएको आर्थिक प्रतिवेदनमा उल्लेख छ । ५८ लाख ७० हजार १ सय ४९ रुपैयाँ कर्जा लगानी गरेको सहकारीले गत आ.व.मा ५१ हजार ७६ रुपैयाँ नाफा कमाएको छ । संस्थामा हाल ६ सय ५४ जना शेयर सदस्य रहेका छन् ।

साधारणसभामा संस्थामा आवद्ध भएर विभिन्न रुपमा सहयोग पुर्याउने तथा योग्दान गर्ने व्यक्तीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अर्जुनधारा नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा नगरपालिकाकी कृषी शाखा प्रमुख एजीला विडारी, नगर विकास सहकारीका अध्यक्ष प्रत्युस आजाद राना, हचुमासा सामुदायिक वनका अध्यक्ष चन्द्र प्रसाईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक डम्वर दर्नाल (डिवि)ले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
245
सम्बन्धित

लोकप्रिय

लोकप्रिय