एजेन्सी । सिरियाको राजधानी दमास्कसमा स्थानीयले खुशी मनाइरहेका वेला इजरायलले हवाई आक्रमण गरेको छ। इजरायलले लडाकु जहाजमार्फत् सिरियाली सेनाको चौथो डिभिजन र दमास्कस आसपासको क्षेत्रमा रहेका राडारमा आक्रमण गरेको अल जजिराले जनाएको छ।
इजरायली सेनाको चौथो डिभिजनले तत्कालीन राष्ट्रपति बसर अल असदका भाइ महेर अल–असदको सुरक्षा गर्दै आएको थियो। त्यस्तै राडार रहेको क्षेत्रमा सीरियाली हवाई सुरक्षा प्रणाली जडित छ। यसका कारण इजरायली सेनाले यी दुवै संवेदनशील क्षेत्रमा आक्रमण गरेको दाबी गरिएको छ।
बेलायतमा आधारित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार, इजरायली लडाकु विमानहरूले दमास्कसको कासिउन क्षेत्रमा रहेका विभिन्न रक्षा प्रणाली र अनुसन्धान क्षेत्रमा आक्रमण गरिरहेका छन्। यसअघि शुक्रबार, इजरायली हवाई आक्रमणले दमास्कस र स्वीदा जिल्लाका ६ वटा सैन्य क्षेत्रमा आक्रमण गरेको सिरियन अब्जरभेटरीले जनाएको छ।
यसैबीच सीरियामा विद्रोहीको नियन्त्रण भएपछि रुसी सेना फर्किन थालेको छ। रुसी सेनाका गाडीहरु दमास्कस-होम्स राजमार्ग हुँदै बन्दरगाह तर्फ जान थालेका छन्। साथै हवाई हड्डाहरुमा रुसका सैन्य जहाजहरु रुस फर्किन तयारीमा देखिएका गुगल तस्विरले पुष्टि गरेका छन्।