विराटनगर । लायन्स क्लब अफ विराटनगर एक्टिभद्धारा केही दिन देखी तराईमा चिसो बढेकोले विधार्थीहरूलाई न्यानो कपडा बितरण गरेकाे छ । रंगेली नगरपालिका वडा नं २ वेतउना झोडास्थित सरस्वती आधारभूत विधालयमा बाल कक्षा देखी ५ कक्षासम्म अध्ययनरत १२६ जना विधार्थीहरूलाई न्यानो कपडा स्वेटर र टोपी वितरण गरेको हाे।
लायन पंकज अग्रवलको अध्यक्षतामा कार्यक्रममा सम्पन्न भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गभर्नर लायन रेवतबहादुर कार्कीले अति विपन्न परिवारका विधार्थीहरूलाई सित लहरको समयमा न्यानो कपडाको अभावको कारण स्कुलमा उपस्थित हुन असहज भएको बेला लायन्स कर्मीहरूको यो समय सापेक्षिक कार्यक्रमले विधार्थीहरूको पठन पाठनमा ठूलो सहयोग पुगेको बताउनुभयाे । उहाँले स्वेटर र टोपी प्रायोजन गर्नु हुने लायन मंन्जु कार्की, लायन शुष्मा थापा र लायन सिए तिर्थ यादवलाई धन्यवाद दिनुभयो।
कार्यक्रममा रंगेली नगरपालिका वडा नं २ का अध्यक्ष सन्तलाल खवास विधालय व्यवस्थापन समितिका अध्यक्ष गिरीराज लुइटेल र प्रधानाध्यापक विष्णु ब. राउतको समेत उपस्थित रहेको थियो । विधालयका प्र.अ. राउतले लायन्स क्लबले विगत लामो समय देखी विधालयलाई विभिन्न क्षेत्रमा आवश्यक सामाग्री सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा गरेका बताउनुभयाे ।
उहाँले सधै सेवाको कार्यमा अग्रणी लायन्स क्लबको सहयोगले स्कुलमा अध्ययनरत विधार्थीहरूको पठन पाठनमा महत्वपुर्ण टेवा पुगेको भन्दै लायन्स क्लब समाजमा सेवाको क्षेत्रमा सधै अगाडी रहेको भन्दै प्रंशसा गर्नुभयो ।
कार्यक्रम संयोजन लायन फडिन्द्र थापाले गर्नु भएको थियो । क्लबका पूर्वअध्यक्षहरू भगतलाल श्रेष्ठ, लक्ष्य प्रधान, सन्तोष पोदार र गणेश शाहा लगायतको उपस्थिति थियो।