काठमाडौं । नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ। १८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चितवनले ६ विकेट गुमाएर जम्मा १३० रन बनाएको हो।
चितवनका लागि अमर रटौला ४२, सन्तोष कार्की २८, कुशल मल्ल २५, रवि बोपरा २०, हसन एइसाखेल ५, बसिल हमिद एक रन बनाएर आउट भए भने दिपक बोहरा र सोहेल तान्विर क्रमश २ र १ मा अविजित रहे।
विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई, क्रिश शोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले एक एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो।
विराटनगरका लागि बसिर अमहदले ६८ रन र राजेश पुलामी मगरले ३३ रनको अविजित पारी खेले। मार्टिन गप्टिल ४५, निकोलस किर्तन ८,दिपक बोहरा ४ रनमा आउट हुँदा लोकेश बम र स्कर्ट एडवार्ड शून्यमा आउट भए।
चितवनका लागि रिजन ढकाल २, सोहेल तान्विर, कुशल मल्ल र बसिल हमिदले समान एक एक विकेट लिए।