खोरमा राखिएका अर्जुनधाराका बालकको काठमाडौँमा उपचार थालियो

झापा । अटिजमको समस्याका कारण घरमा साङ्लोले बाँधेर राखिएका झापा अर्जुनधाराका १४ वर्षीय आदित्य दाहालको काठमाडौंमा उपचार सुरु गरिएको छ ।

झापाबाट उद्दार गरी उनलाई उपचारका लागि काठमाडौंस्थित कान्ति बाल अस्पताल लगिएको थियो ।

चिकित्सकहरुसँग परामर्शपछि आजबाट अस्पतालले उपचार सुरु गरेको उनको उपचारका लागि सहयोगी युवा अर्जुनधारा-५ का कौशल भण्डारीले जानकारी दिए । भण्डारी हाल काठमाडौंमानै रहेका छन् ।

भण्डारीले बालक दाहालको उपचारमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले समन्वय गर्नुभएको बताएका छन् । मन्त्री पौडेलकै पहलमा उनलाई झापाबाट काठमाडौं लगिएको थियो ।

पाँच वर्षको हुँदादेखि बुबाआमा सम्पर्कमा नरहेका अर्जुनधारा-४ का आदित्य ८४ वर्षीया हजुरआमाको साथमा रहँदै आएका थिए । उनलाई घरमा साँग्लोले बाँधेर राख्नुपर्ने बाध्यता थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
251
सम्बन्धित

लोकप्रिय

लोकप्रिय