दुर्गा प्रसाई अदालत परिसरबाटै फेरि पक्राउ

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई अदालत परिसरबाट फेरि पक्राउ परेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थिको इजलासले प्रसाईलाई ४० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रसाईले धरौटी बझाउनेवित्तिकै उनी आदलत परिसरबाट पक्राउ परेका हुन् । उनलाई आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानका लागि फेरि पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईँसँग यसअघि नै बयान लिइसकेको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने कार्यमा प्रसाईको संलग्नताबारे छानविन भइरहेको छ । सो समूहका नाइके हरिचन्द्र फुयाल पनि प्रहरी हिरासतमा नै छन् ।

प्रसाईको पुनः गिरफ्तारीविरुद्ध उनका समर्थकहरुले अदालत परिसरमा नै नाराबाजीसमेत गरेका छन्

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
188
सम्बन्धित

लोकप्रिय

लोकप्रिय