एनपीएलमा आज पनि २ खेल : पहिलो खेलमा पोखरा र विराटनगर भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने खेल पोखरा र विराटनगरलाई महत्वपूर्ण हुनेछ । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न दुबै टोलीलाई जित आवश्यक छ ।

विराटनगर र पोखरा ४ खेलमा १ खेलमा जित निकाल्दै पुछारबाट पहिलो र दोस्रो स्थानमा छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर प्रतियोगिता अघि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको टोली प्रतियोगिताको पहिलो खेलमा नै जनकपुरसँग पराजित भएको थियो ।

यता प्रतियोगिताको विज्ञापन नराखेको पोखरा पनि हालसम्म १ खेलमा मात्र जित निकालेको छ । नेपाली राट्रिय टोलीका ओपनर कुशल भुर्तेल कप्तान भएको टोली आज आजको खेलमा जित निकाल्न चाहन्छ ।

आजको खेलमा पराजित हुने टोली प्रतियोगिताको उपाधि होडबाट बाहिरिनेछ ।

आज नै हुने अर्को खेलमा जनकपुरले काठमाडौं गुर्खाजसँग खेल्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै जनकपुर प्रतियोगिताको पहिलो प्लेअफमा पुग्ने टोलीको रुपमा आफूलाई प्रस्तुत गर्ने चाहनामा छ ।

प्रतियोगितामा ५ खेल खेलेको जनकपुर ८ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । आजको खेलमा जित निकाल्न सकेमा शीर्ष स्थानमा उक्लनेछ । यता काठमाडौं पनि आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण प्रवेशको सम्भावनालाई झनै बलियो बनाउने योजनामा छ ।

लिगमा काठमाडौं ४ खेलबाट ४ अंक जोडेर पाँचौं स्थानमा छ । हालसम्म ६ खेलबाट १ खेलमा मात्र जित निकाल्दै लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय