झापा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
सुन एकैदिन तोलामा दुई हजार १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन भने सुन तोलामा एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।