बिबिएस चौथो वर्षको परीक्षामा नेपालकै प्रथम बनिन् निशा

झापा । २०८० सालमा त्रिभुवन विश्वविद्यालयद्वारा लिएको बिबिएस चौथो वर्षको परीक्षामा मेरील्यान्ड कलेज विराटनगरकी छात्रा नेपाल प्रथम भएकी छन्।

विराटनगर ७ स्थित मेरील्याण्ड कलेजकी छात्रा निशा राजवंशी नेपालमै सर्वाधिक ८६.२ प्रतिशत अङ्क ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो ।

कलेजले उक्त अङ्क त्रिविको इतिहासमा हालसम्मकै उच्च अङ्क रहेको पनि दाबी गरेको छ। त्यस्तै एलिशा पोख्रेलले ८३.४ प्रतिशत ल्याएकी छन् ।

जम्मा ९७ विद्यार्थी सामेल भएको परीक्षामा डिसटिङ्गसन अङ्क ल्याई १२, प्रथम श्रेणीमा ३२,दोस्रो श्रेणीमा १७ विद्यार्थी उत्तीर्ण भएका छन् । कुल उत्तीर्ण प्रतिशत ८१ रहेको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए ।

‘यो रिजल्ट अर्को ऐतिहासिक उपलब्धि हो ’ढकालले भने । यसअघि २०७६ सालमा सोही कलेजका किंजल पोख्रेलले त्रिविबाट टपर बनी तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईबाट गोल्ड मेडल प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
7
+1
2
+1
4
+1
1
+1
1
477
सम्बन्धित

लोकप्रिय

लोकप्रिय