बलात्कारको आरोपमा बिर्तामोडका पुर्व मेयर शिवाकोटी पक्राउ

झापा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

उनलाई पक्राउ गरी सोधपुछ भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
208
सम्बन्धित

लोकप्रिय

लोकप्रिय