इलाम। देउमाई नगरपालिका ९ जितपुरस्थित सुङ्गुरे डाँडा बस्ने एक जना युवाको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएको हो । रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर उनी घाइते भएका थिए ।
तत्काल घाइते भएका जबेगुलाई स्थानीय र प्रहरीको सहयोगमा उपचारका लागि झापाको बिएन्डसी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
जबेगुको शवलाई बिएण्डसी अस्पतालमा नै राखिएको र थप अनुसन्धानको काम भइरहेका जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिएका छन् ।