बुद्धशान्तिमा कुखुराको खोरमाथि बेवारिसे नवजात शिशु फेला

झापा । मेचीनगरको निन्दा खोलाको झाडीमा नवजात शिशु फेला परेको करिब तीन सातापछि बुद्धशान्तिमा पनि बेवारिसे अबस्थामा नवजात शिशु भेटिएको छ ।

आइतबार दिउँसो अन्दाजी ३:३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं. ४ धर्ममार्गस्थित किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि नवजात शिशु फेला परेको हो ।

दुई दिनको जस्तो देखिने जीवित नवजात शिशु (छोरी) तन्ना, सुरुवाल, भेलभेटको तौलीमा पोको पारी छोडेर गएको अबस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाँदा फेला पारेकी थिइन् । उनले आफ्नो घरमा ल्याएर राखेको भनी अस्थाई प्रहरी चौकी मंगलबारेमा जानकारी गराएकी थिइन् ।

नवजात शिशुलाई त्यस वडाका वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणको लागि जिम्मा लगाई फेला पार्ने महिलाको साथमा प्रादेशिक अस्पताल भद्रपुर पठाएको र शिशुको अबस्था सामान्य रहेको जनाइएको छ ।

यसअघि गत कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको थियो । मेचीनगर-११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा ती नवजात शिशुलाई फेला पारेकी थिइन् ।

सामान्य अबस्थाको ती शिशुलाई मेचीनगर–१० न. वडा कार्यालयमार्फत फेला पार्ने अधिकारीलाई नै संरक्षणको लागि जिम्मा दिइएकोमा पाँच दिनपछि शिशुको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
0
+1
1
+1
2
550
सम्बन्धित

लोकप्रिय

लोकप्रिय