झापाकी वृद्धा मुर्मुको हत्यामा संलग्न दुई फरार प्रतिवादी पक्राउ

झापा । झापाको झापा गाउँपालिका-६ पुष्पाञ्जली टोलमा वर्ष ८३ की वृद्धा फुलमाया मुर्मुको हत्या प्रकरणमा संलग्न दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-७ का २८ बर्षीय अजय यादव र २४ बर्षीय अशोक यादव रहेको प्रहरीले जनाएको छ ।

मंसिर २२ गते दिउँसो करिब ४:३० बजे फुलमाया मुर्मु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउको र चिउडोमा कडा वस्तु प्रहार गरी हत्या गरिएको थियो। घटनास्थलमा कर्तव्य गरी मार्न प्रयोग भएका कलको ह्याण्डिल र फरुवा बरामद गरिएको छ।

घटनापछि मृतकको घरबाट चोरी भएको कलर ब्रान्डको मोबाइल र साइकल पनि बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापा र मातहतका टोलीले नेपाल प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानको तालिमप्राप्त कुकुर टोलीको सहयोगमा अनुसन्धान अघि बढाएका थिए। फरार रहेका दुई प्रतिवादीलाई झापा गाउँपालिका-७ मदरगाछमा फेला पारेर पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
171
सम्बन्धित

लोकप्रिय

लोकप्रिय