हत्यापछि डुडमा परालले छोपेको अवस्थामा झापामा एक वृद्धको शव भेटियो

बिर्तामोड । झापा गाउँपालिका वडा नं ६ मा एक वृद्धको हत्या भएको छ ।

हत्या गरेर गाईवस्तुले घाँस खाने डुडमा परालले छोपेर राखेको अबस्थामा झापा गाउँपालिका वडा नं ६ की ८१ वर्षीया फूलमणि सोरेनको शव आज साँझ फेला परेको हो ।

घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो । काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुडमा परालले छोपेर राखेको अबस्थामा उनको शव फेला परेको थियो ।

मृतकका ज्वाइँले डुडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको झापा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ ।

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
205
सम्बन्धित

लोकप्रिय

लोकप्रिय