झापाको लक्ष्मिपुरमा छोटा हात्तिको ठक्करबाट पैदल यात्रीको मृत्यु

बिर्तामोड । झापामा छोटा हात्ति गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गको लक्ष्मीपुरमा पिकअप भेन (छोटा हात्ती) ले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

आज बिहान भएको दुर्घटनामा कनकाई–८ बस्ने ६५ वर्षीय गर्वसिंह राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका राई उपचारका क्रममा विर्तासिटी अस्पतालमा मृत्यु भएको हो । गाडी र गाडी चालक पर्सा वीरगञ्ज–१६ का ३० वर्षीय दिपक गुप्ता इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
3
702
सम्बन्धित

लोकप्रिय

लोकप्रिय