अर्जुनधारा । झापाको अर्जुनधारामा चासोक तङ्नाम (उधौली पर्व) मनाउने तयारी थालिएको छ ।
किराँत समुदायको महानचाड चासोक तङ्नामलाई भव्यताकासाथ मनाउन तयारी थालिएको आयोजक समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
विगत केही बर्षयता अर्जुनधारा नगरपालिका लगायत आसपासका किराँत समुदायले अर्जुनधारा-१ स्थित टाङ्टिङ खोला किनारमा रहेको खेल मैदानमा पर्व मनाउदै आएका छन् ।
यो बर्ष मंसिर २९ र ३० गते अर्जुनधारा-१ मदनपुरस्थित चासोक खेलमैदानमा पर्व मनाउनकालागि आज सरसफाई गरिएको लिङदेनले जानकारी दिनुभयो ।
पर्वको अवसरमा २९ गते शनिबार बिहान ८ बजेदेखि टाङ्टिङ खोलामा साकमुरा वादेम्बा (गालीश्राब बगाउने) पुँजापाठ हुने छ । त्यस्तै बिहान १० बजेदेखि भाईचारा सम्बन्ध मजबुत बनाउने उद्देश्यले ४ टिमको सहभागीतामा मैत्रीपूर्ण भेट्रानस फुटबल प्रतियोगिता आयोजना गरिएको लिङदेनले बताउनुभयो ।
लिङदेनका अनुसार ३० गते किराँतीहरुको मौलिक नाच केलाङ (धान नाच ) प्रतियोगिता हुने छ । साथै विभिन्न परंरागत खेलहरु संचालन गरिने बताइएको छ । पर्वको अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदनप्रदानसहित विभिन्न बिधाका श्रष्टाहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको बताइएको छ ।