बिर्तामोड । झापाको बिर्तामोड आयोजना गरिएको बिर्तामोड पर्यटन महोत्सव २०८१ को औपचारिक समापन गरिएको छ । नेपाल तामाङ घेदुङ बिर्तामोड नगरको आयोजनामा भएको महोत्सवको आज औपचारिक समापन गरिएको हो ।
आयोजक समितिका अध्यक्ष विजय गोले तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि संग्रौलाले महोत्सवले स्थानीय अर्थतन्त्र चलयमान बनाउन मदत पुगेको बताउनुभयो । उहाँले सफलता पूर्वक महोत्सव सम्पन्न गरेको भन्दै नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले महोत्सवले आन्तरिक पर्यटन प्रवर्दनमा समेत टेवा पुगेको धारणा राख्नुभएको थियो ।
गत मंसिर १ गतेबाट सुरु भएको महोत्सवको २२ दिनपछि आज समापन गरिएको हो । आयोजक समितिका अध्यक्ष विजय गोलेले महोत्सवलाई लाखौं दर्शकले अवलोकन गरेको जानकारी दिनुभयो ।
महोत्सवको समापन कार्यक्रममा बिर्तामोड ५ का वडाअध्यक्ष रोहित प्रसाई, नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष देवराज तामाङ, बिर्तामोड नगरपालिकाका लेखा अधिकृत तेजेन्द्र तामाङ, मेची प्रादेशिक अस्पताल भद्रपुरका लेखा अधिकृत सुवास लामा, आदिवासी जनजाति महासङ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवशी लगायत विभिन्न संघसंस्थाका नेतृत्व तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । कार्यक्रमको संचालन नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका सचिव गणेश तामाङले गर्नुभएको थियो ।
३५ जनाले गरे रक्तदान
महोत्सव समापनको अवसर पारेर नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिले रक्तदान कार्यक्रम गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा महोत्सव स्थलमा भएको रक्तदानमा ३५ जना दाताले रक्त्दान गरेको आयोजक समितिको सचिव गणेश तामाङले जानकारी दिनुभयो ।
आचार्यसहित ३ जनालाई सम्मान
कार्यक्रममा सामाजिक अभियान्ता बिस्णु आचार्यलाई सम्मान गरिएको छ । रक्तदान तथा सरसफाइको क्षेत्रमा निरन्तर लागि परेर बातावरण सरसफाई र मानवीय सेवामा टेवा पुर्याएको भन्दै उनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
त्यस्तै महोत्सव संचालनमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै फुलमाया तामाङ र निशा तामाङलाई समेत सम्मान गरिएको थियो ।
औपचारीक रुपमा महोत्सव दिउँसो समापन गरिएपनि आज बुलेका सांगीतिक कार्यक्रम भने हुने आयोजले जनाएको छ ।