अर्जुनधारा-२ मा जेसीजको स्वास्थ्य शिविर, जेसीज सप्ताहको समापन

अर्जुनधारा । अर्जुनधारा जेसीजको आयोजनामा झापाको अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

जेसीज सप्ताह सन् २०२४ अन्तर्गत अर्जुनधारा जेसीजले अर्जुनधारा–२ मा फिजिसियन डाक्टरद्वारा सम्पूर्ण रोगको चेकजाँच र दन्त शिविर संचालन गरेको हो ।

शिविरमा ८५ जनाले सेवा लिएको अर्जुनधारा जेसीजका अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिनुभयो । उहाँले ग्रामीण भेगका नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको बताउनुभयो ।

अर्जुनधारा नगरपालिकाको २ नम्बर वडा कार्यालयको सहयोगमा वडा कार्यलयमा आयोजना भएको शिविरमा मेडीका हस्पिटल प्रा.लि. र आरोग्य क्लिनिक तथा आरोग्य मल्टि स्पेशलिस्ट डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

जेसीज सप्ताहको समापन

अर्जुनधारा जेसीजले जेसीज सप्ताह २०२४ को समापन गरेको छ । अर्जुनधारा-२ मा आयोजीत स्वास्थ्य शिविर आयोजनाको सन्दर्भ पारेर जेसीज सप्ताह समापन गरिएको हो ।

२०२४ का जेसीज अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा-२ का वडा अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको प्रमुख अतिथ्य रहेको थियो ।

कार्यक्रममा अर्जुनधारा-१ का वडा अध्यक्ष उपेन्द्र बस्नेत, अर्जुनधारा-३ का वडा अध्यक्ष सिताराम भट्टराई, नेपाल सेजीसका राष्ट्रिय कार्यकारी उपाध्यक्ष भिम बहादुर कुवर, अर्जुनधारा-२ का वडा सदस्यहरु शर्मिला फागो, प्रेम उपरकोटी, विमला रोक्का, बलबहादुर समाल, अर्जुनधारा-१ का वडा सदस्य मदन लिमेल मगर, रेडक्रस खुदुनाबारीका सभापति मुकुन्द भण्डारी लगायतकोे आतिथ्य रहेको थियो ।

अर्जुनधारा जेसीजका उपाध्यक्ष सागर घिमिरेले संयोजन गरेको कार्यक्रमको संचालन सचिव गौरव भण्डारीले गर्नुभएको थियो ।

अर्जुनधारा जेसीजले सन् २०२४ मा विभिन्न ३८ वटा कार्यक्रमहरु सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
362
सम्बन्धित

लोकप्रिय

लोकप्रिय