काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक स्वदेश फर्किनु भएको छ ।
उहाँलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो ।
शुक्रबार बिहान भारतको नयाँदिल्ली हुँदै काठमाडौं आउनुभएका भुटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गर्नुभयो ।
भारतबाट स्वदेश फर्कने क्रममा उहाँ काठमाडौंलाई ट्रान्जिट बनाएर ५ घण्टा नेपाल बसेर फिर्ता हुनुभएको हो ।