बिर्तामोडमा ३४ औं नारायण गोपाल स्मृति एवं गोपाल योञ्जन स्मरण साँझ

बिर्तामोड । झापाको बिर्तामोडमा ३४ औं नारायण गोपाल स्मृति एवं गोपाल योञ्जन स्मरण साँझ कार्यक्रम भएको छ ।

स्वर सम्राट नारायण गोपाल नारायण गोपालको ३४ औं स्मृति दिवसको अवसर पारेर सरगम संगीतालय बिर्तामोडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाका सल्लाहकार नारायण राजवंशीको अध्यक्षता तथा गायक एंवम संगीतकार मानसिंह थुलुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ तबला बादक देवासिस भट्टाचार्यलाई अभिनन्दन गरिएको थियो । साथै उहाँकी श्रीमती माधबी भट्टाचार्यलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा सरगम संगीतालयका बिद्यार्थीहरूले नारायण गोपालका गीतहरु गाएर दर्शक र श्रोतालाई मन्त्रमुग्ध पारेका थिए । गोपाल योञ्जनको संगीत र नारायण गोपालको स्वरमा सजिएका दजर्नौ संगीत प्रस्तुती कलाकारहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरगम संगीतालयका संस्थापक तथा प्रशिक्षक दिपक रायमाझीले स्मृती तथा स्मरण साँझ आयोजनाको औचित्य माथी प्रकाश पार्नुभएको थियो । उक्त अवसरमा संचालक रायमाझीले गत तिहारमा देउसी–भैलो खेलेर त्यसबाट बचत रकमबाट ५१ हजार रूपैयाँको कलाकार उपचार अक्षयकोष स्थापनाको घोषणा गरेका गर्नुभएको थियो । कलाकारहरु बिरामी पर्दा उपचार खर्चकै अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यकासाथ उपचार अक्षयकोषको थालनी गरिएको उहाँले बताउनुभयो । कोषमा सहयोग गर्न समेत अवहान् गरिएको छ ।

कार्यक्रममा साहित्य कला संस्थान तीनधारेका दार्जिलिङका महासचिव सन्तोष लामा योञ्जन, बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संग्रौला, देबी पञ्चकन्या टोल बिकास संस्थाका अध्यक्ष रमणदास सिटौला र कैलाशेश्वर शिवालय मन्दिरका अध्यक्ष जनक खड्कालगायतले शुभकामनासहित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सांगीतिक प्रस्तुतीसंगै साँस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार तथा सञ्चारकर्मी लीला अनमोलले गर्नुभएको थियो । त्यस्तै संगीतालयका सल्लाहकार कृष्ण मिश्रले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
155
सम्बन्धित

लोकप्रिय

लोकप्रिय